केरमेट गरिएका नोट राष्ट्र बैंकबाट मात्र साटन सकिने व्यवस्था
नक्कली नोट पुरानामा बिढ
बैंकको एटिएममा समस्या
नोटमा स्टिज लगाउन नपाइने
नारायण सापकोटा
काठमाडौं असोज २
पुराना र थोत्रा नोट प्रचलनमा नराख्नका लागि राष्ट्र बैंकले ुक्लीन नोटु नीति कार्यान्वयनमा ल्याएको छ । तत्कालका लागि एक स्टिज लगाएका नोटका वण्डल मात्रै राष्ट्र बैंकले लिने छ । आउने दिनमा स्टिज लगाएका र केरमेट गरिएको झुत्रा नोट बैंकहरुले संकलन गर्न नपाउने व्यवस्था केही समयमा नै कार्यान्वयनमा आउँदैछ ।
बजारबाट थोत्रा नोट हटाउन चालु आर्थिक वर्षको मौदि्रक नीतिले नयाँ व्यवस्था गरेको थियो ।
। दशैंपछि निश्चित समय सिमा दिएर केरमेट गरिएको नोट संकलन गर्न राष्ट्र बैंकले समय दिने भएको छ । यसका लागि सर्वसाधारणसँग अपिल गरिने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।
सामान्यत नोटको आयू डेढ वर्ष हुने गरेको छ । तर जतन नहुने गरेकोले तीन महिनामा नै नोट फेरि प्रयोग गर्न नसकिने हुने गरेको छ । दशैंमा निस्काशन भएका नोट तीन महिनामा फिर्ता हुँदा नै फेरि प्रयोग गर्न नसकिएको विगतको अनुभव अधिकारीहरुसँग छ ।
बजारमा पुराना नोट घटाउन राष्ट्र बैंकबाट तीन पटक भन्दाबढि एउटै नोटलाई बजारमा नपठाउने व्यवस्था गरिने भएको छ । यसले झुत्रा नोटको संख्या बजारमा घटाउने अनुमान छ । बैंकहरुलाई स्टिज लगाई झुत्रा भएका नोट संकलन नगर्न समेत केही समय दिएर राष्ट्र बैंकले सूचना जारी गर्नै भएको छ । यस्ता नोट साट्न राष्ट्र बैंक नै आउनु पर्ने व्यवस्था गर्ने गृहकार्यमा राष्ट्र बैंक छ । यस्तो व्यवस्थाबाट सर्वसाधारणले नोट जतन गर्न थाल्ने विश्लेषण अधिकारीहरुले गरेका छन् ।
केही समयमा नै नोटमा स्टिज लगाउन नपाइने निर्देशन जारी गर्ने गृहकार्यमा राष्ट्र बैंक छ । अहिले केन्द्रीय बैंकबाट बाहिरिने नोटमा समेत एक मात्र स्टिज लगाउने गरिएको छ । ुविस्तारै नोटका वण्डलमा स्टिज नलगाउने नीति अवलम्वन गरिने छु एक अधिकारीले भने । नोटमा धेरै स्टिज लगाउँदा नोट चाँडै झुत्रा बनेको राष्ट्र बैंकको विश्लेषण छ ।
नोटको वण्डलमा स्टिज लगाउन नपाईने व्यवस्था कार्यान्वयनमा ल्याएपछि नोट गणना गर्ने मेशिन राखिने भएको छ । एक मिनेटमा १ हजार नोट गन्ने मेशिनको व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । मेशिन राखिएको निश्चित परिधि भित्र सर्वसाधारणले नोट अपुग भएमा दावी गर्न पाउने छन् । त्यहाँबाट बाहिर निस्किएपछि नपुग भएको दावी गर्न नसकिने व्यवस्था गरिने अधिकारीहरुले जनाएका छन् ।
नोटलाई जतन गर्ने चलन छैन । जतिसुकै झुत्रा नोट समेत व्यवहारमा छन् । यसबाट बैंकहरुलाई एटिएममा नोट राख्नका छनोट गर्नुपर्ने अवस्था छ । एटिएममा समेत धेरै समय समय प्रयोग भएका नोट राखिने गरेका छन् । नेपाली नोटको कागज गुणस्तरिय भएकोले पुराना नोट समेत एटिएममा प्रयोग हुने गरेको हो । पुराना नोटले एटिएम मेशिनको आयु घटाउने भएकोले यसका लागि समेत नयाँ नीति आवश्यक परेको हो । ुकेही समयमा नै एटिएमका लागि योग्य नोट बजारमा हुने व्यवस्था गरिने छु एक अधिकारीले भने ।
पुराना नोट धेरै प्रचलनमा रहेकोले नयाँको तुलनामा सक्कली नक्कली छुट्याउन समेत राष्ट्र बैंकलाई कठिनाई परेको छ । ुपुराना सक्कलीमा नक्कली नोट मिसाउँदा सुरक्षाको चिन्ह छुट्याउन कठिन हुन्छु ती अधिकारीले भने । नयाँ नोटमा सुरक्षाका लागि राखिएको चिन्ह पहिचान गर्न सजिलो हुने गर्दछ । राष्ट्र बैंकमा पुगेका मध्ये पुरानामा नक्कली नोट बढि देखिएका छन् । आर्थिक वर्ष ०६५÷०६६ मा राष्ट्र बैंकमा २ सय १९ वटा नक्कली नोट पुगेका थिए । त्यसमा १ सयका २ ५ सयका १ सय २ र १ हजारका १ सय १३ नक्कली नोट थिए । यी मध्ये अधिकांश नक्कली नोट पुराना सक्कली नोटमा मिसाईएका थिए । ।
नक्कली नोट पहिचान गर्नका लागि समेत पुराना नोटको चल्ती हटाउने योजना राष्ट्र बैंकले बनाएको हो । शहरको तुलनामा ग्रामीण र दुर्गम क्षेत्रमा पुराना नक्कली नोट बढि भएको अनुमान छ ।
नक्कली नोटको प्रयोग चुनौतीपुर्ण नभैसकेपनि अर्थ व्यवस्थामा यसको प्रयोग भैरहेको छ । यसका लागि समयमा नै होसियारी अपनाउन पुराना नोटलाई प्रयोगमा नराख्न खोजिएको हो ।
नयाँ नीतिमा राष्ट्र बैंकमा पुराना नोट आएपछि नयाँ दिने व्यवस्था गरिने भएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६७ ठाउँमा राष्ट्र बैंकको नोट कोष छ । यी कोषले समेत पुराना नोटको सट्टा नयाँ दिनुपर्नेछ ।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एकव्यक्तिबाट अर्कोमा सर्ने संभावना हुन्छ । सर्वसाधारणलाई स्वस्थ्य नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो । नयाँ नोटको प्रयोग बढाउँदा राष्ट्र बैंकको खर्च समेत बढ्नेछ । ुखर्च कति बढछ भन्ने एकिन भैसकेको छैनु ती अधिकारीले भने ।
अहिले सम्म जति पुराना नोट पनि प्रचलनमा छन् । कामै नलाग्ने गरि आइपुगेका नोटलाई राष्ट्र बैंकले जलाउने गरेको छ । यसको सट्टा नयाँ नोट बजारमा पठाउने गरिएको छ । अहिले राष्ट्र बैंकले बजारमा १ खर्व ५१ अर्ब नोट बजारमा पठाएको छ । यसमध्ये कति नोट कति पुराना छन भन्ने एकिन राष्ट्र बैंकले समेत गरेको छैन । आउने दशैंका लागि प्रयोग भैसकेका सुकिला र नयाँ नोट मिसाएर बजारमा पठाइने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।
No comments:
Post a Comment