Wednesday, September 15, 2010

सुनचाँदी आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिईने

नारायण सापकोटा
काठमाडौं भदौ 29

भन्सार दर बढाउने प्रयास असफल भएपछि सरकारले सुन र चाँदी आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिने भएको छ । भन्सार दर बढाउने कानुनी व्यवस्था नभएपछि आयात खुला गर्न राष्ट्र बैंकलाई यस्तो जिम्मेवारी दिन लागिएको हो ।

नेपालमा भन्दा भारतमा सुन चाँदी महंगो भएपछि अवैध रुपमा उता गएको अनुमान गर्दै अध्यादेश मार्फत भन्सारको दर बढाईएको थियो । यो अध्यादेशको कानुनी वैधता समाप्त भएपछि संसदबाट भन्सार दर बढाउने कार्य अवरुद्व भएको छ । भदौ १८ मा अध्यादेशको कानुनी वैधता समाप्त हुन लागेपछि सुन आयात बन्द गरिएको छ । सुन आयात रोकिएपछि बजारमा कालोबजारी सुरु भएको छ । भारतबाट समेत अवैध रुपमा सुन आयात हुन थालेको छ । भारतबाट आयात हुँदा मुलुकले पाउने राजस्व पनि गुम्छ र विदेशी मुद्रा समेत बाहिरिन्छ । यस्तो अवस्थाको अन्त्य गरि सुन आयातलाई व्यवस्थित गर्न आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिन लागिएको एक अधिकारीले बताए ।

अर्थमन्त्रालयले यसको व्यवस्था गर्न वाणिज्यसँग अनुरोध गरेको छ । वाणिज्य सचिव पुरुषोतम ओझा र राजस्व सचिव कृष्णहरि बाँस्कोटा लगायतका अधिकारी बीच राष्ट्र बैंकलाई सुन आयात गर्न दिने विषयमा छलफल गरेका छन् । ुराष्ट्र बैंकलाई सुन आयात गर्न दिने विषयमा छलफल भयोु बाँस्कोटाले नागरिकसँग भने ।

राष्ट्र बैंकले आयात गरेको सुनको मूल्य उसले नै निर्धारण गरि सम्वन्धित व्यवसायीलाई दिन्छ । यसमा भारतमा भन्दा सस्तो नगरि उसले मूल्य तोक्नेछ । बजारको माग र देशको आवश्यकता अनुसार राष्ट्र बैंकले वितरण गर्ने योजना बनाएको एक अधिकारीले बताए ।

बैंकहरुमा रहेको सुन व्यवसायीले नलगेको जनाउँदै राष्ट्र बैंकले बजारमा प्रशस्त सुन रहेको अनुमान गरेको छ । गत आर्थिक वर्षमा ५० अर्बको सुनचाँदी आयात भएकोले बजारमा अभाव नहरेको राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ ।

अहिले बैंकहरुसँग १ सय ३० किलो सुन मौज्दात छ । दिनको १० किलोको दरले यो १३ दिनका लागि पर्याप्त हुन्छ । यसपछि आवश्यक व्यवस्था राष्ट्र बैंक मार्फत मिलाइने अधिकारीहरुले जनाएका छन् । दैनिक १० किलो आयात भएको सुन मध्ये ४ किलो वाग्मती अाचल बाहिर बिक्री गर्ने व्यवस्था गरिएको थियो । बाँकी ६ किलो सुन मध्ये व्यवसायीका संघ मार्फत बिक्री गर्ने व्यवस्था गरिएको थियो ।

सुनको मूल्य नेपाल सुनचाँदी कला व्यवसायी संघ नेपाल सुनचाँदी आभुषण व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी संघलाई मूल्य तोक्ने अधिकार दिइएपछि विवाद बढेको हो । अहिले व्यवसायिकले सुन खरिद गरेका छैनन् । मूल्य तोकि विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बनाएको संयन्त्रको निर्णय पनि व्यवसायीले पालना गरेनन् ।


बढेको भन्सार दर कार्यान्वयनमा नआएमा नेपालमा प्रति दशग्राम सुनको मूल्य १ सय ३० रुपैयाँ हुन्छ । भारतमा ४ सय ७० रुपैयाँ छ । बढेको दर अनुसार चाँदी प्रतिकिलो १६ सय रुपैयाँ मूल्य पर्छ । भारतमा २ हजार ४ सय रुपैयाँ छ । अध्यादेश मार्फत बढेको भन्सार नजोडेमा चाँदीको प्रतिकिलो मूल्य ३ सय रुपैयाँमा झर्छ । भारतमा २ हजार ४ सय नै रहन्छ । यसले अवैध निकासी बढ्ने अनुमान छ।

बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३८ हजार रुपैयाँसम्म पुगेको छ । बैंकको मूल्य अनुसार सुन प्रति तोला ३६ हजार ७ सय रुपैयाँमा पाइन्छ । माग अनुसार सुन नभएको भन्दै व्यवसायीले ३८ हजार ५ सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् ।
व्यवसायीलेसुनमा लगाएको कोटा प्रणाली खारेज वा स्थगित गर्न समेत माग राखेका छन् । उनीहरुले सुन विधेयक टुङ्गो नलागेसम्म झिटीगुन्टाबाट आयातको व्यवस्था गर्न मिलाइ दिन आग्रह गरेका छन् ।

प्रति १० ग्राम १ सय ३० रुपैयाँ भन्सार दर कायम हुँदा एक बर्षमा नै सुन ४२ अर्बको आयात भएर मुलुकको शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ भएपछि सरकारले अध्यादेशमार्फत भन्सार दर बढाएको थियो । सरकारले गत चैतमा अध्यादेशमार्फत भन्सार दरलाई बढाएर प्रति दशग्राम ४ सय ७० रुपैयाँ पुर् याएको थियो । त्यसपछि सुन आयातमा कमी आएर शोधनान्तर घाटा गत बर्ष २ अर्ब ६० करोडमा झरेको छ ।

No comments:

Post a Comment