नारायण सापकोटा
काठमाडौं माघ १३
राष्ट्र बैंकले पव्लिक डेभलपमेन्ट बैंक र इन्प्रुास्ट्रक्चर डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख र साचालक समेत पाँच जनालाई कर्जाको दुरुपयोग गरि बैंकिङ कसुर गरेकोमा पद बाट किन नहटाउने प्रश्न गर्दै स्पष्टिकरण सोधेको छ ।
ुकार्यकारी प्रमुख साचालक र लेखापरिक्षक समेतलाई पत्र प्राप्त भएको १५ दिन भित्र जवाफ पेश गर्न स्पष्टिकरण सोधिएको छु राष्ट्र बैंकका एक अधिकारीले भने ।
स्पस्टिकरणको पत्र हुमागाईले हालै राष्ट्र बैंकमा गएर बुझेका छन् । कयाल भने सम्पर्क बाहिर रहेको जनाउँदै पत्र पठाईएको राष्ट्र बैंकका अधिकारीले जनाएका छन् ।
स्पष्टिकरणपत्र सँगै राष्ट्र बैंकले दुई बैंकका प्रमुख कार्यकारी प्रमुख कुन्ज बिहारी कयाल र इन्द्र हुमागाईलाई पक्राउ गरि अनुसन्धान गरि कारवाही अगाडी बढाउन पत्र पठाएको हो ।
पव्लिक डेभलपमेन्ट बैंकका लेखापरिक्षक राजु शिवाकोटीलाई समेत राष्ट्र बैंकको सूचिबाट किन नहटाउने भन्ने पत्र पठाईएको छ । ुबैंकमा भएको अनियमितामा शिवाकोटीले लेखापरिक्षण प्रतिवेदनमा टिप्पणी नलेखेकोले उनलाई यस्तो स्पटिकरण सोधिएको होु एक अधिकारीले भने ।
इन्प्रुास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी हुमागाईंसँगै साचालक पि्रयराज रेग्मीलाई स्पष्टिकरण सोधिएको छ । ुराष्ट्र बैंकले रेग्मीलाई साचालकबाट किन नहटाउने भन्दै प्रश्न गरेको छु एक अधिकारीले भने । रेग्मीको नामसमेत अनियमित रुपमा कर्जा प्रवाहमा भेट्टिएको राष्ट्र बैंकका अधिकारीले जनाएका छन ।
पव्लिक डेभलपमेन्ट बैंकका साचालक शिव शंकर राजभण्डारीलाई पनि अनियमित कर्जा प्रवाहमा संलग्न भएकोमा पदबाट किन नहटाउने भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ ।
यी सहित प्रमुख कार्यकारी अधिकृतका श्रीमती र नातेदार बैंकका कर्मचारी ८४ लाई पक्राउ गरि बैंकिङ कसुरमा कारवाही अगाडी बढाउन बैंकले प्रहरीलाई अनुरोध गरेको छ ।
यी दुई बैंकका कार्यकारी प्रमुखले मुख्य मिलेमतोमा साधारण सेयर भर्नका लागि जारी भएको चेक नसाटेर बैंकिङ कसुर गरेका हुन् ।गत वैशाखमा दुई बैंकले साधारण सेयर भर्नका लागि व्यालेन्स नभएको चेक जारी गरेका थिए । यसरी जारी भएको चेक नसाटि बैंकमा नै थन्काएर राखेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । पब्लिक डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुखले नक्कली आयोजना र ऋणी देखाएर बैंक कर्जा दुरुपयोग गरेको राष्ट्र बैंकको अभियोग छ ।
बैंकिङ कसुरमा अनुसन्धान अगाडी बढाउन राष्ट्र बैंकले पठाएको पत्र गृह मन्त्रालय हुँदै महानगरिय प्रहरी परिसर काठमाडौंमा पुगेको छ । पत्र अनुरुप कारवाहीको प्रकि्रया अगाडी बढाउने प्रहरीले जनाएको छ । पत्र अनुरुप प्रहरीले उनीहरुलाई पक्राउ गरिसकेको छैन ।
राष्ट्र बैंकले दुई बैंकका कार्यकारी प्रमुखले एक आपसमा मिलेर बैंकमा खाता नभएको चेक जारी गर्ने र त्यसलाई नसाट्ने अभियोगमा अनुसन्धान अगाडी बढाउन अनुरोध गरेपछि अनुसन्धान गरि कारप्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौड्यालले दुई बैंकको अवस्थाका बारेमा जानकारी दिन राष्ट्र बैंकलाई पत्राचार गरेको छ । इन्प्रुास्ट्रक्चर बैंकले बोर्डमा हकप्रद निस्काशनका लागि आवेदन दिएको छ । ुप्रमुख कार्यकारी दोष हो कि संस्थाकै गल्ती हो त्यसलाई हेरेर निर्णय लिइने छु उनले नागरिकसँग भने । दुवै क्षेत्रीयस्तरका विकास बैंक हुन । इन्प्रुास्ट्रक्चरको केन्द्रिय कार्यालय काभ्रेको वनेपामा छ । पब्लिक डेभलपमेन्ट बैंक विरगंजमा छ ।
इन्प्रुास्ट्रक्चर बैंकको भनाई
इन्प्रुास्ट्रक्चर डेभलपमेन्ट बैंकले कुनैपनि काल्पनिक व्यक्तिलाई रोजगारी नदिएको र त्यस्तालाई देखाएर कर्जा पनि नदिएको जनाएको छ । प्रवाह गरेको कर्जा सहकारीमा प्रयोग नभएको बैंकको बिहीबार जारी विज्ञप्तिमा छ । बैंकले प्रचलित कानुन र राष्ट्र बैंकको निर्देशन वमोजिम बैंकिङ कारोवार गरेको जनाउँदै भनेको छ-ुसर्वसाधारणको निक्षेपत तथा हित सुरक्षित हुने गरि बैंक साचालन भैरहेको छ ।ु बैंकले निक्षेपकर्ता लगानीकर्ता एवं सम्वन्धित सवैलाई भ्रममा नपर्न अनुरोध गरेको छ । रिपब्लिका र नागरिकमा बुधबार प्रकाशित समाचारप्रति बैंकको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
No comments:
Post a Comment