विदेशमा कार्यालय भएका कम्पनीको पुँजी ५ करोड हुनुपर्ने
स्थानिय एजेन्टले १ करोड पुँजीको व्यवस्था गर्नुपर्ने
रकम भुत्तानी अघि नै विदेशबाट रकम बैंक ग्यारेन्टी चाहिने
नारायण सापकोटा
काठमाडौं भदौ 31
राष्ट्र बैंकले रेमिट्यान्समा काम गर्ने कम्पनीका लागि विनियमावली जारी गर्दै चुक्तापुँजी तोकेको छ । बैंकको साचालक समितिले विप्रेषण विनियमावली जारी गर्दै विदेशमा कार्यालय खुलेर रेमिट्यान्स ल्याउने कम्पनीको पुँजी ५ करोड हुनुपर्ने व्यवस्था गरेको छ । स्थानिय एजेन्टको काम गर्ने कम्पनीको चुक्तापुँजी १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएकेा राष्ट्र बैंकका एक अधिकारीले बिहीबार नागरिकलाई बताए ।
अहिले सम्म मनी ट्रान्सफर रेमिट्यान्स कम्पनी का लागि १ करोड चुक्तापुँजी तोकिएको थियो । स्थानिय एजेन्ट हुनेलाई १० लाख रुपैयाँ भए पुग्ने व्यवस्था थियो । रेमिट्यान्स कम्पनीका लागि अलग्गै कानुनी व्यवस्था अहिले सम्म थिएन ।
नयाँ व्यवस्था अनुसार विदेशबाट रेमिट्यान्स ल्याउने कम्पनीले नेपालमा भुक्तानी हुनु अघि नै रकम ल्याउनुपर्नेछ । रकम ल्याउन नसकेमा बैंक ग्यारेन्टि ल्याउनुपर्नेछ । यसको पनि व्यवस्था हुन नसकेमा विदेशमा रहेको निकायबाट कानुनी मान्यता प्राप्त लिखित प्रतिबद्वता ल्याउनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यस्तो प्रतिवबद्वतामा रेमिट्यान्सको रकम यताउता भएमा भुत्तानी गर्ने उल्लेख हुनुपर्नेछ ।
यी व्यवस्था पालना नगरि यता भुक्तानी दिने र विदेशबाट रकम ल्याउन नसक्ने कम्पनीलाई विदेशी मुद्रा अपचलनमा कारवाही हुनेछ । यस्तो कारवाही आउन नसकेको रकमको ३ गुणा जरिवाना र ५ वर्ष कैद सम्म हुनेछ । विनियमावलीमा गरिएको नयाँ व्यवस्थाको मुद्रा विप्रषक संघका अध्यक्ष चन्द्र ढकालले सकारात्मक रहेको टिप्पणी गरे । पहिले नै रकम ल्याउनुपर्ने बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्थाले सर्वसाधारणको रकम डुब्ने अवस्था अन्त्य भएको उनले नागरिकलाई बताए ।
बैंक ग्यारेन्टि राख्नु नपर्ने अहिले सम्मको व्यवस्थाले विदेशको एउटै कम्पनीले नेपालका धेरै कम्पनीसँग काम गर्ने गरेका थिए । ुनेपाली कम्पनीलाई एक आपसमा जुधाउने काम समेत भएको थियोु ढकालले भने-ुनयाँ व्यवस्थाले मनी ट्रान्सफर कम्पनीलाई अझ विश्वसनिय बनाएको छ ।ु
रेमिट्यान्स कम्पनी डुबेको अवस्थामा विदेशबाट मुलुकमा रेमिट्यान्स पठाउने सर्वसाधारण रकम डुब्न नदिन पुँजीको आधार बलियो बनाउन खोजिएको हो । अहिले धेरै कम्पनीको पुँजीको अवस्था बलियो नभएको ठान्दै राष्ट्र बैंकले पुँजी बढाउन खोजेको अधिकारीहरुले जनाएका छन् । रेमिट्यान्स कम्पनीलाई स्पस्ट र पारदर्शि बनाउनका लागि पनि विनियमावली आवश्यक परेको ती अधिकारीले बताए । अहिले मुलुकमा एजेन्टको रुपमा काम गर्ने सहित ५२ कम्पनी साचालनमा छन् । यी मध्ये पहिलो कम्पनी आईएमई हो ।
अहिले साचालनमा रहेका कम्पनीले २० भन्दा बढि मुलुकबाट रेमिट्यान्स भित्राउने काम गर्दै आएका छन् । खाडी मलेसिया अमेरिका बेलायत जापान अस्ट्रेलिया लगायतबाट मुलुकमा रेमिट्यान्स ल्याउने काम कम्पनीले गर्दै आएका छन् ।
गत आर्थिक वर्षमा बैंकिङ प्रणाली मार्फत २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रीएको छ । गतवर्षको तुलनामा रेमिट्यान्सको वृद्वि १० दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रेमिट्यान्स ४७ प्रतिशतले बढेर २ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ मुलुकमा भित्रिएको थियो ।
No comments:
Post a Comment