नयाँ २७ सेयर दलालका आवेदन अद्यावधिक बनाउने कम्पनीको लिखित परिक्षा लिएकै दिन छनोट गरिने भएको छ । ुआवेदन अध्यावधिक बनाउने १ सय ६२ को परिक्षा १० दिनपछि लिइने छु िसंहले भने-ुपरिक्षा लिएकै दिन परिणाम घोषणा गरिने छ ।ु
परिक्षाका लागि ठाउँ खोज्ने र मिति तोक्ने काम हुन बाँकी छ । स्टक एक्सचेन्जले नयाँ दलाल छनोटका लागि आवेदन दिएका कम्पनीको अवस्था अद्यावधिक गर्न २१ दिनको समय दिएको थियो । २५ अंकको लिखित परिक्षा लिनुअघि स्टकले स्थिति अद्यावधिक गर्न समय दिएको हो ।
एक्सचेन्जले प्रारम्भिक चरणमा ३ सय १६ आवेदकलाई छनोट गरेको थियो । यी मध्ये अद्यावधिक गर्नेलाई लिखित परिक्षामा समावेश गर्ने योजना एक्सचेन्जले बनाएको छ ।
स्थापनापछि बजारको आकार जति बढेपनि सेयर दलालको संख्या घटेको छ । २०५० मा एक्सचेन्ज स्थापना हुँदा ६० कम्पनी सूचिकृत थिए । दलालको संख्या ३२ थियो । अहिले बजारमा सूचिकृत कम्पनीको संख्या १ सय ७८ पुगेको छ । दलालको संख्या घटेर २३ मा झरेको छ । लगानीकर्ताको संख्या करिब १५ लाख छ । यी सबै लगानीकर्ताले प्राथमिक बजारबाट सेयर किनेपनि बिक्री गर्ने दलाल मार्फत हो ।
तीन वर्ष अघि बजारमा दलालको संख्या ५० बनाउन २७ दलाल थप्ने प्रकि्रया अगाडि बढेको थियो । यो पनि संविधान सभाको चुनाव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप र अदालतमा मुद्दा परेकोले रोकियो । अदालतले दलाल छनोटम अख्तियारले निर्देशन दिन नमिल्ने फैसला गर्दै ३ मुद्दा किनारा लगाएपछि पनि छनोटको प्रकि्रया अगाडी बढ्न सकेको थिएन ।
दलालको नयाँ कम्पनी स्थापनाका लागि एक आवेदन दर्ता गर्नेले न्युनतम ५० हजार खर्च गरेका छन् । आवेदनका लागि निजी र पव्लिक कम्पनी दर्ता गरिएको थियो ।
No comments:
Post a Comment