नन्दकिशोर मुन्दडा
बुलिस र बियरीस ट्रेन्ड सेयर बजारको स्वाभाविक प्रवृत्ति हो । नेपाली सेयर बजार अहिले ओरालो लागेको छ । दुई वर्ष अघि ११७५ सम्म पुगेको नेप्से परिसूचक अहिले ४२० मा आएको छ । यो बजारका सहभागीले चाहेको स्थिति होइन यसमा सुधार ल्याउनु आवश्यक छ । यसका लागि जिम्मेवार नियमनकारी निकाय तथा अन्य सरोकारवालाले चासो देखाउनै पर्छ । यहाँ मैले चासो देखाउनुपर्ने मुल मुद्दाका बारेमा छलफल गर्ने प्रयास गरेको छु ।
लगानीको स्रोत खोज्नु राम्रो कुरा हो । तर अन्तर्राष्ट्रिय चलनअनुसार कुनै व्यवसायमा भएको लगानीको स्रोतको खेाजी सुरुमै गर्नुपर्छ । एकपल्ट सम्पत्तिको घोषणा गरेपछि त्यसमा थपघट भएको सम्पत्तिको स्रोत खोज्नुलाई पनि नाजाय भन्न मिल्दैन । तर तोकिएको हरेक कारोबारमा स्रोत देखाउनुपर्ने नियमले लगानीलाई हतोत्साहि बताउँछ । यसको असर सेयर बजारमा देखा परेको छ । यसबारे सरकारले विचार गरी समय सापेक्ष नीति बनाउनुपर्छ ।
कुनै पनि बजारमा लगानीकर्तालाई ऋणको आवश्यक हुन्छ । सेयर बजारको समुचित विकासका लागि समय सापेक्ष ऋण प्रवाह नीति बनाउनुपर्छ । सूचिकृत कम्पनिले बाँडने लाभांशको दर र बैंकको ऋणमा लिइने ब्याजदरमा धेरै असमानताले गर्दा पनि सेयर बजारमा समस्या देखिएको छ । केही समयका लागि भए पनि यस बजारका लगानीकर्ताहरुलाई राहतको रुपमा ब्याज दरमा छुटको व्यवस्था जरुरी भएको छ ।
गएको चार पाँच वर्षमा नेपाली सेयर बजारमा सेयरको आपूर्ति चार पाँच गुणाले बढेको छ । नयाँनयाँ प्राथमिक निष्कासन पाइपलाइनमा छन् । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी वृि¢ गर्न हकप्रद सेयरको निष्कासले ठूलो मात्रामा आपूर्ति बढाएको हो । नयाँ निष्कासन र हकप्रद सेयरको बारेमा पनि नियमनकारी निकायले बजार सुहुउदो नीति लागु गर्नुपर्ने देखिन्छ ।
नेपाली सेयर बजारमा १५ लाख जति लगानीकर्ता रहेको अनुमान छ । तर सकि्रय लगानीकर्ताको संख्या त्यो अनुपातमा साह्रै न्यून रहेको अवस्था छ । त्यसमा पनि व्यक्तिगत लगानीकर्ताहरुको संख्या नै धेरै छ । जब सम्म कुनै पनि सेयर बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुदैन तबसम्म सेयर बजारले प्रतिकुल अवस्था भोग्दै गर्छ । यसकारण यस बजारलाई नभई नहुने म्युचुअल फन्डलाई छिटो भन्दा छिटो प्रवेश गराउन अत्यन्त जरुरी देखिन्छ । साथसाथै विभिन्न किसिमका सरकारी सामूहिक लगानी कोÈ र निजी सामूहिक लगानी कोÈ तथा गैर अवासीय नेपालीको लगानीलाई पनि प्रवेशको बाटो खोल्नु जरुरी देखिन्छ । बिमा कम्पनीहरुको सेयर बजारमा लगानी सीमालाई पनि समयसापेक्ष बनाउनुपर्छ । बजार बढेको बेलामा लागु गरिएको क्रसहोल्डिङ गर्न नपाउने व्यवस्थामा पुर्नविचार गर्नुपर्छ । संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराउन ढिला भइसकेको छ ।
लगानीकर्तालाई यस बजारमा लगानी गर्न र लामो समयसम्म रोकी राख्न र उसले गरेको नाफालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा विशेष सहुलियत दिने खालको नीति बनाउनु बजारलाई सहयोग गर्नु नै हो । सबै लगानीकर्ताहरुबाट लिइएको पँुजीगत लाभ करलाई अन्तिम करको रुपमा मान्यता दिँदा बजार विकासमा सकारात्मक प्रभाव पर्नेछ । यो करलाई दीर्घकालिन र अल्पकालिन गरी विभाजन गर्नुपर्छ । पुँजीगत लाभकरलाई कारोबार करले प्रतिस्थापित गर्ने अर्को उपयुक्त विकल्प हो ।
सूचिकृत कम्पनीहरुले आर्थिक तथ्यांक समयसमयमा जारी गरी लगानीकर्ताहरुको मनोबललाई उच्च राखीदिन र साधारण सभाबाट घोषणा गर्ने लाभांश बारे स्पष्ट खुलाई सूचना प्रवाह गर्नु बजारलाई अन्यौलबाट बचाउनु हो । नामसारी प्रकि्रयालाई छिटो छरितो गर्नुपर्ने दखिन्छ । साथै सूचिकृत कम्पनीहरुले दस्तखत प्रमाणीकरण र नामसारीको कामलाई सुलभ तरिकाले गराउन कम्पनिले वा कम्पनीले तोकेको सेयर रजिस्टारलाई उपत्यका बाहिर दाललहरुले शाखा खोलेको ठाउँमा खोल्न लगाउन वा सबै शाखाबाट उक्त कार्य गर्न गराउन पनि जरुरी देखिन्छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले पनि स्टक ब्रोकस्रले अप्टिकल फाइबर भएको सहरमा जहु पनि शाखा खोल्नका लागि स्वीकृत प्रदान गरेर बजार विस्तारलाई टेवा पुर् याउन पर्ने देखिन्छ । स्टक ब्रोकस्र र लगानीकर्ताहरुदलाई समयसापेक्ष प्रशिक्षण दिन जरुरी देखिन्छ । निकट भविष्यमा लागु हुने केन्द्रिय निक्षेप प्रणाली संगसंगै इन्टरनेटमा आधारित कारोबार सुरु गर्नुपर्छ ।
नेपाल स्टक एक्सच्ोन्जमा अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुको वर्चस्व रहेकोले उत्पादनमूलक जलविद्युत निर्माण व्यापार तथा सेवा व्यवसायलाई आयकरमा विशेष सहुलियत दिएर आकर्षित गर्नुपर्छ । लगानीकर्ताहरुले पनि हल्लाको भरमा सेयर बजारमा लगानी नगरी सूचिकृत कम्पनीहरुको वित्तिय सूचकांको विशलेषण गरी दीर्घकालिन सोचको साथ आउनुपर्छ ।
राजनितिक अवस्थाले पनि सेयर बजारको उतार चढावमा ठूलो भूमिका खेलेको हुन्छ । दलालहरुले पनि नेपाली सेयर बजारको विकास तथा लगानीकर्ताहरुको हकहितमा सदैव सजग रहेका र भविष्यमा पनि सजग रहनेछ भन्ने विश्वासले पनि बजारलाई ठूलो मद्दत पुर् याउँछ । अन्तमा उपरोक्त केही विषयहरुमा सम्बन्धित निकाय र सरोकारवालाहरुले ध्यान पुर् याए भने बजारले निश्चय नै सुधार र विकासको बाटो लिने छ ।
लेखक नेपाल सेयर दलाल संघका अध्यक्ष हुन ।
No comments:
Post a Comment