नारायण सापकोटा
काठमाडौं भदौ १७
धितोपत्र बोर्डले सेयरको मूल्य घटेको बेलामा खरिद गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
राजनीतिक अस्थिरताले सरकार गठन हुन नसक्दा लगानीकर्ताको विश्वास उठन नसकेपनि धैर्यता नगुमाउन बोर्डले अनुरोध गरेको छ ।
सेयर बजार परिसूचक नेप्से लगातार घटेर बिहिबार ४ सय २० अंकमा झरेपछि बोर्डले यस्तो आग्रह गरेको हो ।
ुबजार निकै तल झरेको बेलामा बजारबाट लगानीकर्ता भाग्नु भएनु बोर्डका अध्यक्ष सुरवीर पौड्यालले नागरिकसँग भने-ुसरकार बनेपछि बजारमा सुधार आउँछ ।ु
लगानीकर्ताले बजारमा लगानीकर्ताको विश्वास जोगाउन कुनै पनि निकायबाट प्रयास नभएको गुनासो गरेका छन् । साधारण लगानीकर्ता संघका अध्यक्ष दीपक कार्कीले सरकार निर्माण देखिएको अन्योलले लगानीकर्ताको विश्वास गुमेकेा जनाउँदै भने-ुलगातार ओरालो लागेपछि निराश भएका लगानीकर्ता बजारबाट भाग्नुपर्ने अवस्था सृजना भएको छ ।ु
अहिलेको अन्योलले लगानीकर्ताको रकम सुरक्षित हुने नदेखिएको अध्यक्ष पौड्यालले स्वीकार गरे । लगानीकर्ताले विश्वासको आधार नपाएको उनले बताए । बजारको अन्योल हटाउन लगानीकर्ताको विश्वास बढाउनुपर्ने माग कार्कीले राखे । बजारप्रति कुनै निकायको पनि ध्यान नगएकोले लगानीकर्ता आन्दोलनको मानसिकतामा पुगेको उनले जनाए । ुआन्दोलन नगरि सुनुवाई नहुने भएकोले यसमा छलफल सुरु भएको छु कार्कीले भने ।
धितोपत्र दलाल संघले १ हजार १ सय ७५ पुगेको नेप्से ४ सय २० मा झरेपछि नियामक र सरोकारवालालाई बजारप्रति सजग हुन सुझाव दिएको छ । लगानीको स्रोत खोज्ने कार्य व्यवसाय गर्दा नै गर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन भएको जनाउँदै संघले एक पटक सम्पक्ति घोषणा गरेपछि मात्रै थपघट भएकोमा स्रोत खोज्नुपर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।
ुआधा र अधुरो सम्पत्ति श्रोतको खोजी गर्नु कुनै पनि बजारमा लगानीलाई निरुतसाहित गर्नुनै हुनेछु संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले भने-ु यसको असर सेयर बजारमा विशालरुपमा परेको छ ।ु स्रोत देखाउनुपर्ने व्यवस्था पुर्नबिचार गर्नुपर्ने सुझाव संघको छ ।
सूचिकृत कम्पनिहरुले बाँडने लाभांश र बैंकको ऋणमा लिइने ब्याजदरमा देखिएको असमानताले गर्दा पनि सेयर बजारमा समस्या आएको संघको विश्लेषण छ । अहिले बजारमा कर्जाको व्याजदर उच्च भएकोले केही समयका लागि भए पनि व्याजदरमा विशेष छुटको व्यवस्था जरुरी भएको मुन्दडाले बताए ।
सेयरको संख्या अत्यधिक बढेकोले पनि बजारलाई नकारात्मक प्रभाव पारेको संघले जनाएको छ । ुनयाँ निष्काशन र हकप्रद सेयर निस्काशनमा पनि नियमनकारी निकायले बजार सुहुउदो निति लागू गर्नुपर्छुमुन्दडाले भने ।
बजारमा १५ लाख जति लगानीकर्ता रहेको अनुमान रहेपनि सकि्रयको संख्या न्यून छ । त्यसमा पनि व्यक्तिगत लगानीकर्ताहरुको संख्या अत्यधिक छ । ुबजारमा संस्थागत लगानीकर्ताहरुको प्रवेश नभए सम्म अवस्था रहिरहन्छु मुन्दडाले भने । बजारलाई नभई नहुने सामूहिक लगानीकोष छिटो भन्दा छिटो प्रवेश गराउनुपर्ने माग पनि संघले राखेको छ । सरकारी र निजी सामूहिक लगानी कोÈ गैर अवासीय नेपालीको लगानीलाई बजारमा बाटो खोल्नुपर्ने सुझाव उनले दिए ।
विमा कम्पनीको बजारमा लगानी सीमालाई समय सापेक्ष बनाउनु उपयुक्त हुने सुझाव संघको छ । बजार बढेको बेलामा कार्यान्वयनमा ल्याईएको बैंक तथा वित्तीय संस्थाले अर्को यस्तै कम्पनीको सेयर राख्न नपाउने व्यवस्थालाई पनि समय सापेक्ष बनाउनु पर्ने आवश्यकता मुन्दडाले औंल्याए ।
लगानीकर्ताहरुलाई बजारमा लगानी गर्न र लामो अवधिसम्म रोकी राख्न नाफालाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्दा विशेष सहुलियत दिने खालको नितिनियम बनाउँदा बजारलाई सहयोग हुने मुन्दडाले बताए । लगानीकर्ताबाट लिइएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा मान्यता दिएर बजारको विकास अनुकुल बनाउनुपर्ने संघले जनाएको छ । अल्पकालिन र दीर्घकालीन रुपमा करको दर निर्धारण गर्नुपर्ने संघको सुझाव छ । कारोवार कर लगाउने व्यवस्था भएमा बजारलाई सहयोग पुग्ने मुन्दडाको विश्लेषण छ । डाबर नेपाल चाउचाउ उद्योग सिमेन्ट जलविद्युत निर्माण कम्पनी अस्पताल र डिपार्टमेन्टल स्टोर लगायतका कम्पनीलाई आयकरमा छुट दिएर बजारमा सूचिकृत गराउनुपर्ने सुझाव मुन्दडाले दिए ।
बजारका सुधारका लागि राजनीतिक नेतृत्व र नियामक निकायले सुझावलाई गम्भीरता पुर्वक लिनुपर्ने उनले बताए ।
No comments:
Post a Comment