नारायण सापकोटा
काठमाडौं भदौ 24
राष्ट्र बैंकले अधिकतम २० लाख रुपैयाँ चुक्तापुँजीको व्यवस्था गर्दै मनिचेन्जर विनियमावली जारी गरेको छ । मनिचेन्जर कम्पनीलाई चुक्तापुँजी तोकिएको यो पहिलो पटक हो । विनियमावलीमा मनिचेन्जरको नियमित अनुगमन र निरीक्षण राष्ट्र बैंकले गर्ने व्यवस्था गरिएको छ ।
अहिले सम्म निर्देशिकाको आधारमा करिव ४ सय मनीचेन्जरले राष्ट्र बैंकबाट अनुमति पाएका छन् । यी मध्ये ५० प्रतिशत उपत्यकामा छन् । बाँकी जिल्लामा छन् । साचालनमा रहेका कम्पनीलाई विनियमावली पठाइसकिएको राष्ट्र बैंकका एक अधिकारीले नागरिकलाई बिहीबार बताए ।
नयाँ व्यवस्था अनुसार भारतिय रुपैयाँको खरिद-बिक्री गर्न चाहने कम्पनीले ५ लाख रुपैयाँको चुक्तापुँजी व्यवस्था गर्नुपर्नेछ । परिवत्र्य विदेशी मुद्रा खरिद गर्नेको पुँजी १० लाख हुनुपर्ने छ । यी दुवै काम गर्ने कम्पनीको चुक्तापुँजी १५ लाख तोकिएको छ ।
राहदानी मार्फत सटहिको सुविधा दिने मनिचेन्जरको चुक्तापुँजी २० लाख हुनुपर्नेछ । अहिले एकै किसिमबाट साचालनमा रहेका कम्पनीको कागजी चुक्तापुँजी एउटै थियो । धेरैजसो कम्पनीले चुक्तापुँजी १ लाख रहेको देखाएका छन् ।
साचालनमा रहेका सवै कम्पनीले २०६९ असार सम्म तोकिए अनुरुप चुक्तापुँजी पुर् याउनुपर्ने व्यवस्था गरिएको छ । अहिले सम्म यस्ता कम्पनीको चुक्तापुँजी प्रस्ट थिएन । ुकम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै राष्ट्र बैंकको अनुमतिमा साचालित मनिचेन्जर पुँजीको हिसावमा अव्यवस्थित थिएु राष्ट्र बैंकका एक अधिकारीले भने ।
मनिचेन्जरबाट विदेशी मुद्राको खरिद-बिक्रीमा कालोबजारी भैरहेको विश्लेषण गर्दै यस्तो अनियमिता हटाउन नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् । विदेशी मुद््राको सटही सहज नपाइने अवस्थाले यस्तो कालो बजारी बढेको हो । भारतिय रुपैयाँ बाहेक परिवत्र्य विदेशी मुद्रा मनिचेन्जरले लिन मात्रै पाउँछन् । परिवत्र्य विदेशी मुद्रा राहदानीमा भिसा लागेर विदेश जानेका लागि मनिचेन्जरले दिन पाउँछन् । ुनपाउने काम पनि मनिचेन्जरबाट भैरहेकोले अनुगमन निरिक्षणको व्यवस्था गरिएको होु ती अधिकारीले भने ।
अवैध रुपमा विदेशी मुद्राको खरिद र बिक्री गर्ने मनिचेन्जरलाई कारवाही गर्न र अरुलाई व्यवस्थित गर्न नयाँ व्यवस्था गरिएको हो । एकै ठाउँमा थुपि्रएर बसेका मनिचेन्जरलाई एक आपसमा गाभिन प्रोत्साहित गरिने ती अधिकारीले जनाए । अहिले ठमेल क्षेत्रको एउटै ठाउँमा मात्रै ५० भन्दा बढि मनिचेन्जर रहेको अनुमान छ । यसले अस्वस्थ्य प्रतिस्पर्धा बढाएको विश्लेषण केन्द्रीय बैंकको छ । ुमनिचेन्जरको काम मर्यादित गर्दै बलिया संस्था बनाउन कानुनी व्यवस्थाले सहयोग गर्नेछेु उनले भने ।
यो व्यवस्थासँगै अहिले स्थगित मनिचेन्जरको लाइसेन्स खुला गर्ने गृहकार्यमा राष्ट्र बैंक छ । ुकेहीदिनमा नै मनीचेन्जर दर्ताको लाइसेन्स खुला हुन्छु ती अधिकारीले भने ।
No comments:
Post a Comment