Monday, September 6, 2010

राष्ट्र बैंकले ल्याएको नयाँ मौदि्रक नीति गाउँ उन्मुख छ ।

आईएमई फाइनान्स ५ पुगेर ६ वर्षमा प्रवेश गरेको छ । चुक्तापुँजी ३० करोड पुगेको छ । संस्थापकले कम्पनीमा थप ६ करोड रुपैयाँ जम्मा गरेका छन् । गत वर्षको नाफाबाट कम्पनीले सेयर धनीलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यसपछि फाइनान्सको चुक्तापुँजी ४२ करोड पुग्नेछ । बजार घटिरहेपनि कम्पनीको प्रतिसेयर मूल्य ५ सय ५ रुपैयाँ छ । प्रस्तुत छ आईएमइ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत योगेश्वर ढकालसँग सेयर बजार र कम्पनीको अवस्थाका सम्वन्धमा नागरिकका नारायण सापकोटाले गरेको कुराकानीको सारसंक्षेप ः


बजारमा सवै कम्पनीको सेयर मूल्य किन घटिरहेको होला

अहिले बजारमा सवै कम्पनीको सेयर मूल्य घटेकोले आईएमइ फाइनान्सको पनि तल झरेको छ । अहिले राजनीतिक अवस्था र आर्थिक अवस्था पनि राम्रो नदेखिएकोले सेयर बजार तल झरेको हो । अरु कम्पनीको कम्पनी धेरै तल झरेपनि यसको ५ सयमा रहनुलाई ठिकै मान्न सकिन्छ । हामीले सुरु देखि नै वोनस सेयर िदंदै आएकोले लगानीकर्ता कम्पनीप्रति सकारात्मक छन् । दोस्रो वर्षदेखि नै हामीले वोनस सेयर िदंदै आएका थियौं । गतवर्षको नाफाबाट अहिले पनि २० प्रतिशत वोनस सेयर दिने निर्णय गरेका छौं ।

चुक्तापुँजी बढाउने योजना कहाँ पुग्यो
धितोपत्र बोर्डमा १ बराबर ३ हकप्रद सेयरका लागि आवेदन दिएका छौं । फाइनान्स कम्पनीमै रहेपनि ठुलो पुँजीमा रहनुपर्छ भन्ने मान्यतामा हामी छौं । स्तरोन्नतीका लागि बन्ने वातावरण लगायतका विषयमा आगामी साधारण सभामा छलफल हुन्छ ।

केही समयअघि सार्वजनिक भएको मौदि्रक नीतिको कस्तो प्रभाव परेको छ

नयाँ मौदि्रक नीतिले हाउजिङको कर्जा सिमा बढाएर २५ प्रतिशत बनाएको छ । रियल स्टेटमा दुई वर्ष भित्र १० प्रतिशतमा झार्न भनेको छ । अहिले रियलस्टेटमा कर्जा बन्द छ । ५ महिनादेखि नै यो क्षेत्रमा जाने कर्जा बन्द भएको हो । बैना दिएको जग्गाका लागि ऋण माग्न आउँदा पनि दिएको छैन । राष्ट्र बैंकले रियलस्टेट कर्जा २५ प्रतिशत बुझाएमा नवीकरण गर्न पाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाका लागि राम्रो कदम हो ।
गतवर्ष रियल स्टेट कर्जामा कुनै समस्या देखिएन । तर आउने पुस सम्ममा कर्जा असुलीमा केही समस्या देखिनेछ । यसले बैंक तथा वित्तीय संस्थाको नाफामा असर पार्छ ।

रियल सेटटमा गएका कर्जा नउठनाले बैंकिङ क्षेत्रमा समस्या आउला कि नआउला
राजनीतिक स्थिरता नभए सम्म बैंक तथा वित्तीय संस्थाले गतवर्षको जति नाफा चालु वर्षमा कमाउन सक्दैनन् । रियल सेटटका ठुला लगानीकर्ता केही समय धान्न सक्छन । साना लगानीकर्ता अहिले नै अप्ठेरोमा परिसकेका छन् । जग्गा लिलामीका लागि ३५ दिने सूचना आउनेक्रम बढेको छ । २ वर्षमा रियल स्टेट कर्जा १० प्रतिशतमा सिमित गर्नुपर्ने भएकोले प्रवाह घट्छ । बैंकहरुलाई ठुलो अप्ठेरो नपरेपनि नाफा बढ्ने अवस्था हुँदैन ।

बैंक तथा वित्तीय संस्था बीच अहिले अस्वस्थ प्रतिस्पर्धा बढेको हो
गत असार सम्म बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात कायम गर्न बढि व्याजमा निक्षेप संकलन गर । बैंकहरुले १५ प्रतिशत सम्ममा संस्थागत निक्षेप लिए । यसलाई हेर्दा केही अस्वस्थ्य प्रतिस्पर्धा भएको देखिएको हो । तर अहिले त्यस्तो अवस्था छैन । बैंकहरुले दिने व्याज अहिले ८ प्रतिशतमा झरिसकेको छ । फाइनान्स र विकास बैंकले पनि निक्षेप र कर्जाको व्याज नघटाई सुखै छैन । लगानीका क्षेत्र नखोजे अब व्याजदर घट्दै जान्छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जामा उठाइरहेको सेवा शुल्कले लागत बढाएको गुनासो कर्जा लिनेले गरेका छन । यसलाई हटाउन सिकंदैन
ठुलो कर्जामा १ प्रतिशत नै सेवा शुल्क लिईएको छैन । सुन्य दशमलव २५ प्रतिशत सेवा शुल्कमा कर्जा दिइरहेको छौं । ग्राहकसँगको सम्वन्धमा सेवा शुल्क आधारित छ । व्याजदर बजारको प्रतिस्पर्धा अनुसार लिइरहेका छौं । सेवा शुल्क हटाए व्याज बढ्छ ।

निक्षेपको व्याज बढ्दा लागत पनि बढेको होला नी
त्यति धेरै त लागत बढेको छैन । आईएमइको लागत गत वर्ष ६ बाट ७ दशमलव ३५ प्रतिशत पुृगेको छ । अरु बैंक तथा वित्तीय संस्थाको केही लागत यही अनुपातमा बढेको छ ।
कर्जा प्रवाहका लागि नयाँ क्षेत्र खोज्ने बेला भएन
राष्ट्र बैंकले ल्याएको नयाँ मौदि्रक नीति गाउँ उन्मुख छ । यसले बैंकिङ पहुँच बाहिर रहेको ७० प्रतिशत नेपालीलाई सम्वोधन गर्न खोजेको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई गाउँ पठाउने नीति लिएको छ । उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रत्साहित गरेको छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्था पहाड तराईका साना उद्योग कृषि क्षेत्रमा जानुपर्ने वातावरण बनेको छ । अब नयाँ क्षेत्रको खोजी हुन्छ ।

स्तरोन्नतीको पनि योजना छ की
यो विषयमा आगामी साधारण सभामा छलफल हुन्छ । पुँजी बढाउन हामी तयार भएका छौं । यसका लागि आवश्यक प्रकि्रया अगाडी बढाईएको छ । अहिले पनि फाइनान्स कम्पनी मध्ये राम्रो पुँजी भएको कम्पनी हो यो । यसलाई पुँजी र अन्य हिसावमा अझै बलियो बनाउँदै लैजान्छौं ।

बैंकको संख्या बढि भए भन्दै लाइसेन्स खुला गर्नुपर्ने र नपर्नेमा बहस भैरहेको छ । कस्तो नीति िलंदा ठिक होला

अहिले बैंक तथा वित्तीय संस्था शहरमुखी छन् । बैंकिङ सुविधा ३० प्रतिशतमा मात्रै पुगेको छ । सेवा अझै ठुलो समूदायमा पुर् याउन बाँकी छ । यो हिसावमा लाइसेन्स नदिने नीति लिनु ठिक हुँदैन । पुँजीको आधारमा मात्रै दिनु हुँदैन । विशेष व्यवस्था सहित लाइसेन्स खुला गर्नु ठिक हुन्छ ।

भावि योजना के छन्

फाइनान्सले २० शाखा स्थापना गरेको छ । यी शाखामा उपत्यका भित्र ८ र बाहिर १२ छन् । अरु नपुगेको रोल्पामा आईएमइले शाखा स्थापना गरेको छ । अर्घाखाँची र वाग्लुङको कुश्मीसेरामा शाखा स्थापना गरेका छौं । गाउँमा निक्षेप संकलन राम्रो छ । यसैले अझै दुर्गम क्षेत्रमा जाने योजना हामीले बनाएका छौं । नियामक निकायबाट स्वीकृति लिएर थप १५ ठाउँमा एक्सटेन्सन काउन्टर र शाखा स्थापना गर्ने योजना छ । रेमिट्यान्सको कारोवार गर्ने संस्थासँग समन्वय गरि निक्षेप संकलनलाई अभियानका रुपमा अगाडी बढाउँछौं । निक्षेपकर्ताको संख्या १ लाख ५० हजार पुर् याउने योजना छ । वैदेशीक रोजगार कर्जालाई व्यवस्थित रुपमा बढाउने छौं । कृषि क्षेत्रमा लगानी बढाउने योजना छ ।

आईएमइको वत्तीय अवस्था

निक्षेप संकलन ३ अर्ब ६२ करोड
कर्जा प्रवाह २ अर्ब ७२ करोड
खुद नाफा ९ करोड १३ लाख
प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४७ पैसा
प्रतिसेयर बजार मूल्य ५ सय ५
प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३ सय ८४
तरलता निक्षेप तथा सापटी दायित्व २७ दशमलव ४३ प्रतिशत
चुक्तापुँजी ३० करोड
जगेडा कोष १२ करोड
खराव कर्जा १ दशमलव ११ प्रतिशत
पुँजीकोष १४दशमलव ८२ प्रतिशत
सिडि रेसियो ६६ दशमलव ४३ प्रतिशत

No comments:

Post a Comment