Thursday, September 2, 2010

चार महिनाभित्र सिडिएसको सफ्टवेयर तयार हुने

नारायण सापकोटा
काठमाडौं भदौ 17
सेयर कारोबारलाई छरितो बनाउन केन्द्रीय निक्षेप प्रणाली सीडीएस को सफ्वेयर चार महिना भित्र तयार हुने भएको छ । ुआगामी चार महिना भित्र सफ्टवेयर तयार पार्न भारतको टाटा समूहको सिएमसि कम्पनी तयार भएको छु स्टक एक्सचेन्जका महाप्रवन्धक शंकरमान िसंहले बुधबार नागरिकसँग भने ।

यो सम्वन्धी सम्झौताको मस्यौदा भारत र नेपालको सरकारबाट स्वीकृत भैसकेको उनले बताए । ुभारतिय पक्षले सम्झौताको मिति आगामी साता तय गर्ने छु िसंहले भने । आगामी डिसेम्वर सम्म साचालन योग्य सफ्टवेयर तयार पारि सिएमसिले एक्सचेन्जलाई दिनेछ । त्यसपछि जनवरीदेखि सिडिएस साचालनमा आउने िसंहले बताए ।

भारतिय सहयोगमा प्राप्त सहयोग मध्ये ८ करोड रुपैयाँ सिएमसिले पाउने छ । उसले सफ्टवेयर तयार पारि साचालनको तालिम पनि दिनेछ । ुअहिले नै सफ्वेयरको आधा काम सकिएको जानकारी आएको छु िसंहले भने-ुसम्झौतामा हस्ताक्षर भएपछि काम अझ छिटो हुने छ ।ु सफ्वेयरसँग करिव डेढ करोडको हार्डवेयर खरिद प्रकि्रया स्टकले अगाडी बढाएको छ ।

सिडिएस स्थापना सम्वन्धि नियमावलीको मस्यौदा तयार भैसकेको छ । नियमावली स्वीकृतिका लागि अर्थमन्त्रालय पठाइसकिएको िसंहले बताए । कम्पनी दर्ताको काम पनि चाँडै गरिने जानकारी उनलेृ दिए । सिडिएसमा एक्सचेन्जको ५१ प्रतिशत सेयर रहने छ । बाँकी सेयर बैंकहरुलाई दिइने िसंहले बताए ।

सिडिएस स्थापना पछि सेयर बजार पारदर्शी हुने र कारोबार ६० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लगानीकर्ता कागजी प्रमाणपत्रको झन्झटबाट मुक्त हुनेछन् । सिडिएसको सफ्टवेयर गैर आवासिय नेपाली एनआरएन समेतले परिचयपत्रका आधारमा सेयरमा लगानी गर्न सक्ने गरि तयार पार्न लागिएको छ ।


सिडीएस आएपछि सेयरको नामसारी मिनेटभरमै हुनेछ । सेयर कारोवारसँगै बजारको रुपनै परिवर्तन हुने िसंहले बताए । ुयोसँगै सेयर बजार आधुनिक युगमा प्रवेश गर्ने छु उनले भने ।

सीडीएस सेयर प्रमाणपत्र सुरक्षित राख्ने एक प्रकारको बैंक हो । यस्तो बैंकमा लगानीकर्ताले खाता खोलेर सेयर जम्मा गर्न सक्छन् । यसमा हाल चल्तीमा रहेका कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय रुप डीजीटलमा परिवर्तन गरी कम्प्युटर प्रणालीमा सुरक्षित राखिन्छ । खरिद विक्री गर्दा कम्प्युटर प्रणालीले स्वचालित रुपमा सम्बद्ध लगानीकर्ताको खातामा सेयर जम्मा गर्ने र घटाउने गर्छ । एकपटक खाता खोलीसकेपछी हस्ताक्षर प्रमाणीत गर्ने लगायतका काममा लगानीकर्ता उपस्थित हुनु नपर्नाले जुनसुकै ठाउँबाट कारोबार गर्न सकिन्छ । अनलाईन सेयर कारोबारका लागि सीडीएस नभइ हुँदैन । नेपाल बाहेक दक्षिण एसियाका सबै स्टक एक्सचेाजमा दशक अघि सीडीएस स्थापना भएका छन ।

No comments:

Post a Comment