Sunday, September 5, 2010

दुई बैंकका प्रमुख कार्यकारी पक्रन आदेश

नागरिक संवाददाता
काठमाडौं माघ 12
राष्ट्र बैंकले बैंकिङ कसुर गरेको अभियोगमा अनुसन्धान गर्न पव्लिक डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख कुन्जविहारी कयाल र इन्प्रुास्ट्रक्चर डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख इन्द्र हुमागाईं लगायत करिव एक सयजनालाई पक्राउ गर्न पत्र पठाएको छ । बैंकिङ कसुरमा अनुसन्धान अगाडी बढाउन राष्ट्र बैंकले पठाएको पत्र गृह मन्त्रालय हुँदै महानगरिय प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।
ु महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसीले बनेपाको बैंकका कार्यकारी प्रमुख हुमागाई र विरगंजको बैंकका कयाल काठमाडौंमा रहे नरहेकोमा खोजी सुरु भएको नागरिकलाई बताए । उनले भने -ुराष्ट्र बैंकको पत्र हामीकोमा आएको छ । पत्र अनुसार पक्राउ गर्ने कारवाही सुरु भएको छ ।ु
राष्ट्र बैंकले दुई बैंकका कार्यकारी प्रमुखले एक आपसमा मिलेर बैंकमा खाता नभएको चेक जारी गर्ने र त्यसलाई नसाट्ने अभियोगमा अनुसन्धान अगाडी बढाउन अनुरोध गरेपछि अनुसन्धान गरि कारप्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

गत वैशाखमा दुई बैंकले साधारण सेयर भर्नका लागि व्यालेन्स नभएको चेक जारी गरेका थिए । यसरी जारी भएको चेक नसाटि बैंकमा नै थन्काएर राखेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । यस्तो रकम करिव २८ करोड रहेको अनुमान छ । दुई बैंकका कार्यकारी प्रमुख एक आपसमा मिलेर नक्कली आयोजना र ऋणी देखाएर बैंक कर्जा दुरुपयोग गरेको अभियोग लगाईएको छ ।

तर इन्प्रुास्ट्रक्चर बैंकका कार्यकारी प्रमुख हुमागाईंले पक्राउका विषयमा कुनै जानकारी नभएको नागरिकलाई बताए । दुवै क्षेत्रीयस्तरका विकास बैंक हुन । इन्प्रुास्ट्रक्चरको केन्द्रिय कार्यालय काभ्रेको वनेपामा छ । पब्लिक डेभलपमेन्ट बैंक विरगंजमा छ ।

No comments:

Post a Comment