Wednesday, September 1, 2010

सेयर दलाल आवेदकबाट स्थिति अद्यावधिक

नागरिक संवाददाता
काठमाडौं भदौ १४
नयाँ २७ सेयर दलालका लागि करिव तीन वर्षअघि आवेदक दिएका कम्पनी मध्ये सोमबार करिब १ सय ५९ ले अद्यावधिक गराएका छन् ।
ुअरु काममा लागेकाले सवै आवेदक अद्यावधिक गर्न आएनन्ु एक्सचेन्जका प्रवक्ता शम्भु पन्तले नागरिकसँग भने । आवेदकको फाइल दर्ता कार्य सोमबार अबेरसम्म जारी रहेकोले यकिन तथ्यांक आउन समय लाग्ने उनले बताए ।
स्टक एक्सचेन्जले नयाँ दलाल छनोटका लागि आवेदन दिएका कम्पनीको अवस्था अद्यावधिक गर्न २१ दिनको समय दिएको थियो । २५ अंकको लिखित परिक्षा लिनुअघि स्टकले स्थिति अद्यावधिक गर्न समय दिएको हो ।
एक्सचेन्जले प्रारम्भिक चरणमा ३ सय १६ आवेदकलाई छनोट गरेको थियो । यी मध्ये अद्यावधिक गर्नेलाई लिखित परिक्षामा समावेश गर्ने योजना एक्सचेन्जले बनाएको जानकारी पन्तले दिए ।
स्थापनापछि बजारको आकार जति बढेपनि सेयर दलालको संख्या घटेको छ । २०५० मा एक्सचेन्ज स्थापना हुँदा ६० कम्पनी सूचिकृत थिए । दलालको संख्या ३२ थियो । अहिले बजारमा सूचिकृत कम्पनीको संख्या १ सय ७८ पुगेको छ । दलालको संख्या घटेर २३ मा झरेको छ । लगानीकर्ताको संख्या करिब १५ लाख छ । यी सबै लगानीकर्ताले प्राथमिक बजारबाट सेयर किनेपनि बिक्री गर्ने दलाल मार्फत हो ।
तीन वर्ष अघि बजारमा दलालको संख्या ५० बनाउन २७ दलाल थप्ने प्रकि्रया अगाडि बढेको थियो । यो पनि संविधान सभाको चुनाव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप र अदालतमा मुद्दा परेकोले रोकियो । अदालतले दलाल छनोटम अख्तियारले निर्देशन दिन नमिल्ने फैसला गर्दै ३ मुद्दा किनारा लगाएपछि पनि छनोटको प्रकि्रया अगाडी बढ्न सकेको थिएन ।
दलालको नयाँ कम्पनी स्थापनाका लागि एक आवेदन दर्ता गर्नेले न्युनतम ५० हजार खर्च गरेका छन् । दलाल बन्नका ३ सय ३४ कम्पनीको आवेदन परेको थियो । आवेदनका लागि निजी र पव्लिक कम्पनी दर्ता गरिएको थियो ।
लामो समयसम्म प्रकि्रया अवरुद्व हुँदा कम्पनी स्थापनाका लागि आवेदन दिने अन्य काममा लागिसकेका छन् । सरकारी पदमा रहने र अरु कम्पनीमा काम गर्ने आवेदक दलाल कम्पनी साचालनका लागि अयोग्य हुनेछन् ।

No comments:

Post a Comment