नारायण सापकोटा
काठमाडौं भदौ 27
बैंकिङ क्षेत्रमा अधिक तरलता देखिएपछि दुई महिनाको अवधिमा राष्ट्र बैंकले पाँच पटक रिभस्र रिपो जारी गरि रकम खिचेको छ । ५ पटक रिर्भस रिपो जारी गरेको रकम १५ अर्ब रुपैयाँ हुन आउँछ ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकमा यस्तो रिपोबाट फिर्ता संकलन हुन बाँकी रकम २ अर्ब रुपैयाँ छ । ुयो रकम भदौ ३० मा बैंकहरुले फिर्ता लग्ने छन्ु बैंकस्र संघका अध्यक्ष शसिन जोशीले भने । रिभस्र रिपोमा वाणिज्य बैंक र केही विकास बैंक सहभागी भएका थिए । अधिक तरलता भएका बैंकहरु सहभागी भएको राष्ट्र बैंकका अधिकारीले बताए । गत वर्षको अन्त्यमा सरकारी खर्च बढेकोले बैंकिङ क्षेत्रमा निक्षेप बढेको हो । निक्षेप वृद्विसँग लगानीको क्षेत्र विस्तार हुन नसकेकोले तरलता अधिक देखिएको हो ।
बजारमा तरलता अधिक भएपछि राष्ट्र बैंकले मौदि्रक उपकरण मार्फत रकम खिच्न रिभस्र रिपो जारी गर्ने गर्छ । तरलता न्युन भएको अवस्थामा बैंकहरुले खरिद गरेको ऋण पत्र लिएर राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्छ । यी दुवै उपकरण बढिमा ४५ दिनका लागि प्रयोगमा ल्याउने गरिएको छ । यसपटक राष्ट्र बैंकले २० देखि ४० दिनका लािग यो उपकरण प्रयोगमा ल्याएको हो । यो अवधिमा बजारमा पठाईएको रकम फिर्ता लिने र संकलित रकम फिर्ता भैसक्छ । यो दुई महिनामा अब संकलन भै फिर्ता हुन बाँकी रकम २ अर्ब रुपैयाँ छ ।
रिभस्र रिपो मार्फत संकलित रकममा राष्ट्र बैंकबाट बैंकहरुले औसतमा ३ दशमलव ४५ प्रतिशत व्याज पाउने छन् । व्याजको निर्धारण प्रतिस्पर्धाका आधारमा हुन्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आवेदन गर्नुपर्छ ।
गतवर्ष तरलताको चरम अभाव भएकोले एक पटक मात्रै रिभस्र रिपो गरिएको थियो । यस पटक समयमा नै बजेट नआएकोले अहिले सम्म तरलताको स्थिति सकारात्मक नै भएपनि आउने दिन सहज नहुने राष्ट्र बैंकका एक अधिकारीले बताए । बजेटको अभावमा सरकारी खर्च कम भएकोले बैंकिङ क्षेत्रमा समेत निक्षेप घटेको अधिकारीहरुको विश्लेषण छ ।
आर्थिक वर्ष सुरु हुने वित्तीकै केहीदिन तरलताको स्थिति बढेपनि अहिले राष्ट्र बैंकबाट रकम फिर्ता ल्याउनुपर्ने अवस्था बनेको बैंकरले जनाएका छन् । ुरिभस्र रिपो मार्फत राष्ट्र बैंकले संकलन गरेको २ अर्ब पनि अब फिर्ता हुन्छु जोशीले आईतबार नागरिकसँग भने ।
राष्ट्र बैंकको तथ्यांक अनुसार आईतबार ५ अर्ब ३६ करोड अधिक तरलता छ । यो बैंकिङ प्रणालीका लागि आवश्यक रकम भएकेाले थप रकम खिच्ने योजना नरहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्र बैंकको अनुसन्धान विभागले संकलन गरेको तथ्यांकका आधारमा रकम बजारमा खिच्ने कि पठाउने निर्णय हुने गरको छ । ुअहिले स्थिति सहज छु ती अधिकारीले भने ।
चालु वर्षमा सरकारी खर्च रेमिट्यान्स र वैदेशीक सहायता घटबढ्मा बैंकहरुको तरलताको अवस्था भरपर्छ ।
असारको अन्तिममा ६ खर्ब ३१ अर्ब २८ करोड कर्जा ४ खर्ब ६२ अर्ब २४ करोड थियो । योसँगै अधिक तरलता देखिएपछि साउन र भदौको मध्ये सम्म राष्ट्र बैंकले मौदि्रक उपकरण मार्फत रकम खिचेको हो । तर अहिले बजेटमा ढिलाई भएकोले असारको तुलनामा निक्षेप घटेको छ । कर्जा बढेको छ ।
भदौको अन्तिममा निक्षेप ६ खर्ब १८ अर्ब रुपैयाँ छ । कर्जा प्रवाह ४ खर्ब ७२ अर्ब रुपैयाँ छ ।
निक्षेपमा सहजता भएपछि व्याजदर पनि तल झरेको छ । निक्षेप संकलनका लागि १४ प्रतिशत दिन तयार भएका बैंक तथा वित्तीय संस्था अहिले ११ प्रतिशतमा झरेका छन् । ुउच्च लागतमा निक्षेप संकलन भएकोले बैकहरुले तत्काले धेरै घटाउन नसकेका हुन्ु राष्ट्र बैंकका अधिकारीले भने-ुबजेट आईहाल्ने हो भने विस्तारै व्याजदर तल झर्छ ।ु
राजनीतिक अन्योल बढेर बजेट आउन अझै ढिलाई भएमा बैंकहरुमा नकारात्मक असर पर्नेछ ।
No comments:
Post a Comment